|
|
तामाङ फिल्म एण्ड म्यूजिक अवार्डका लागि मनोनयन घोषणा
(If you consider to make donation to this event organizing committee, Please feel free to contact TamangChautari Group)
"तामाङ फिल्म एन्ड म्युजिक अवार्ड"को मनोनयन बिहीवार घोषणा गरिएको छ ।
तामाङ चौतारी समुहले आयोजना कार्य्रक्रममा ६० देखी ६६ सालसम्म रिलिज भएका
फिल्म, गीत, म्युजिक भिडियोलाई सहभागि गराइएको छ । अवार्डमा १५ तामाङ
फिल्म, ९ गीत, ५ सेलो र ४ म्युजिक भिडियोले ३३ बिधाका लागि प्रतिस्पर्धा
गर्ने भएका छन् ।
उत्कृष्ट एल्बम, गीत, सामुहिक गीत, रचना, संगीत, निर्देशक, गायक, गायिका,
सेलो र पपुलर फिल्म लगायतका बिधामा मनोनितहरुको सुची बिहीवार सार्वजनिक
गरिएको हो ।
उत्कृष्ट गायकमा राजु लामा, छेवाङ तेन्जिङ लामा, अमृत लामा, विश्व दोङ र
रामबाबु योन्जन तथा गायिकामा इन्दिरा गोले, जमुना योन्जन, शसिकला मोक्तान र
योगिता मोक्तानबिच प्रतिस्पर्धा हुने भएको छ ।
सेलो गायकतर्फ चाँही प्रबिन्स मोक्तान, सोनाम बज्यु, सोनामराज मोक्तान,
कृष्ण वाइबा र सन्तोष लामा तथा सेलो गायिकातर्फ योगिता मोक्तान, इन्दिरा
गोले, इन्दिरा योन्जन, तुलसा वाइबा र जमुना योन्जन प्रतिस्पर्धा हुने भएको छ
।
"गोदेवा", "मोलम', "खसु", "नाङला खि", "जामे", "च्याङ्बा", "जालमाया",
"आमाला माया", र "प्राङ्बोला म्हाङ" लगायत १९ वटा तामाङ फिल्म मनोनयनमा
परेका छन् ।
'मुख्य कार्यक्रमसम्म १९ फिल्मलाई निर्णयकको छनौटका आधारमा अन्तिम पाँचमा
झार्नेछौ,' सङ्योजक बिनोद तामाङले भने ।
एसएमएस भोटिङ र अमृत योन्जनको निर्णयक समुहको छनोटका आधारमा बिजेताहरु
छनिनेछन् । जेठ् ८ मा राष्ट्रिय नाचघरमा कार्यक्रमको अन्तिम भिडन्त हुनेछ ।
Details Nomination List & SMS Voting system@
http://tamangchautari.ning.com/page/nomination-list-1 |
|
|
If you see something, write something
|
Send us your Event News, Articles. If you want to writing in NEPALI FONT ?? (Click here) to write and send them to us
|
| Advertisements |

|

|

|
|
|
|
|